पाओला बनिन् ट्रोल

बुधबार, १४ फागुन २०७६, ०१ : ०० शुक्रवार
पाओला बनिन् ट्रोल

जब कुनै सेलिब्रिटी सन्तान जन्माउँछन् र तिनीहरु सन्तान जन्मनुअघिकै जस्तो शरीरको अपेक्षा राख्छन्, त्यो बेला प्रशंसकहरुले तिनलाई ट्रोलको शिकार बनाई छाड्छन्। अहिले फिटनेस मोडलका रुपमा चर्चित पाओला मेफिल्डलाई त्यस्तै भइरहेको छ। उनले हालै पेन्टबिना नै ऐनामा खिचिएको सेल्फी ट्वीटरमा हालेकी के थिइन्, उनलाई खेदो खनेर हैरान छ।

उनले छोटो भिडियोसँगै लेखेकी थिइन्, ‘काम गर्दा होस् या घरमा थन्किएका बेला होस्, खुसी खोज्न नछाड्नुस्। लभिङ एभ्री लिटल चेन्ज इन माई बडी।’ त्यसपछि त खेदो खन्नेहरुले काम पाइहाले।

यसअघि पनि पहिलो सन्तान जन्माउँदा उनको यसरी नै खेदो खनिएको थियो। अब त बानी परिछन् क्यार ! खासै बाल दिएको देखिँदैन।

केहीलाई चाहिँ दिनदिनै उनको आधा नग्न तस्बिर र सेल्फी हेर्दाहेर्दा दिक्क लागेको प्रतिक्रिया दिएका छन्। अर्काले भनेका छन्, ‘तिमीले दिनदिनै आफूलाई प्रमाणित गर्नै पर्दैन नि ! कामले प्रमाणित गर न !’

तर पाओला पनि के कम ! हरेकलाई जवाफ दिन भ्याइहाल्छिन्। लेखिन्, ‘तपाईं जे देख्नुहुन्छ, म त्यही बेच्ने मान्छे हो।’
अब सकियो त यी मोडलसँग !

Leave A Comment