अस्मीकाे बिहे!

बुधबार, १४ फागुन २०७६, ०१ : २५ शुक्रवार
अस्मीकाे बिहे!

आफूलाई फेसन मोडल भन्न रुचाउने पूर्व मिस नेपाल अस्मी श्रेष्ठबारे सोच्नेबित्तिकै तपाईँलाई के याद आउँछ ? पक्कै पनि उनका प्रेमी ! नेपालमा समेत धेरै फलोअर बनाउन सफल भारतको सनम ब्यान्डका लिड भोकलिस्ट सनम पुरी अस्मीका ब्वाइफ्रेन्ड हुन्। यही कारण अस्मी भारतमा समेत चर्चित छिन्।

उनीहरुको प्रेम सम्बन्ध भएको पनि लामो समय भइसक्यो। अस्मीका परिवारमा सनम ज्वाईँ बनेर चिनिइसके। हाम्री अस्मी पनि के कम, तीन महिनाअघि सनमको आफन्तको बिहेमा जोडी बनेर उनले सहभागिता जनाइसकिन्। जसको प्रमाण, यी दुई जनाको सामाजिक सञ्जालमै देख्न सकिन्छ। त्यति मात्रै हैन, सनमले त अझै जोडीको फोटो राख्दै ‘गट म्यारिड.... माई कजन गड म्यारिड !’ भनेर लेख्नसमेत भ्याइसके। अर्थात्, आफूहरुको सम्बन्धका बारेमा ‘म्यारिड’ लेखेर अरुलाई चुक्चुक्याउन खोजे।

अहिले अस्मी नेपालमा छिन्, सनम भारतमा। दुवैको तन टाढा भए पनि मन नजिक नै भएको सन्देश इन्स्टाग्राममार्फत दिइरहेका छन्। यही हप्ता यी दुईले आ–आफ्नो इन्स्टामा युगल फोटो पोस्टिए, त्यो पनि एकै समयमा र लेखे मिस यु। अनि दुवैले कमेन्टमा आँखाबाट आँशु खसाले भने पानको पातवाला इमोजीबाट आफ्ना भावना पनि बाँडे।

सम्झना मनभरि छ, मायाले छाती फुट्लाजस्तो भा’छ अनि परिवारबाट पनि मन्जुरी छ भने किन ढिलासुस्ती गर्छन् बिहेका लागि यी लवबर्ड ? सामाजिक सञ्जालमा रुनुपर्ने त कुनै कारण थिएन नि ! बेकारको नाटक !

Leave A Comment