पोखरेलकाे श्वेत नीति

शनिबार, १७ फागुन २०७६, १० : २० शुक्रवार
पोखरेलकाे श्वेत नीति

नेपाल ट्रष्टले यसै साता साता श्वेतपत्र जारी ग-यो। जग्गा अनियमिततामा आफ्नो नाम नमुछिने भएपछि छाति फुलाएर उपप्रधानमन्त्री समेत रहेका ट्रस्टका अध्यक्ष ईश्वर पोखरेलले श्वेतपत्र जारी गरिदिए। पोखरेलले बाबुराम भट्टराई र विजयकुमार गच्छादारलाई बितल परेको जग्गामा पोलेका छन्।

पर्यटन बोर्डमा श्वेतपत्र जारी गर्दै उनले अहिलेसम्म नेपाल ट्रस्टको नाममा आएर गुमेको भनेको १७२ रोपनी सार्वजनिक जग्गा नेपाल ट्रस्टमा ल्याउनको लागि लागिपरेको समेत भाषण ठोकेछन्।

तत्कालीन प्रधानमन्त्री सुशील कोइराला, शेरबहादुर देउवा र पुष्पकमल दाहालको नाम मुछिएछ। वामदेव गौतम, विमलेन्द्र निधि र जनार्दन शर्माको नाम पनि मुछिएछ तर रोचक पक्ष भनेको प्रधानमन्त्री केपी शर्मा ओली र ईश्वर पोखरेल र तत्कालीन प्रधानमन्त्री माधव नेपालको नाम मुछिएन छ ! क्या गजब !!

श्वेत पत्रमा गोकर्ण रिसोर्टको करिव छ वर्ष अवधि बाँकी छादै लिज अवधि थप गर्ने निर्यको राम्रैसँग बचाउ गरेछन्,उनले। सत्तामा नभएका जतिको नाम श्वेतपत्रमा हालिहालेछन्। क्या गजब पोखरेलको राजनिति।

Leave A Comment