‘छोरीको कर्म’ लोकार्पण

मङ्गलबार, २० फागुन २०७६, १२ : २६ शुक्रवार
‘छोरीको कर्म’ लोकार्पण

कवि विष्णु परियारको दोस्रो काव्यकृति ‘छोरीको कर्म’ लोकार्पण भएको छ। कृतिको शुभप्रभात साहित्य पुञ्जले शनिबार पोखरामा एक कार्यक्रमको आयोजना गरी लोकार्पण गरेको हो। पोखरा थिएटरमा भएको कार्यक्रममा ‘छोरीको कर्म’ खण्डकाव्य छोरी भएर जन्मएपछि भोग्नुपरेका विभिन्न कथा तथा व्यथाको समिश्रण भएको खण्डकाव्यकी लेखक विष्णु परियारले बताइन्।

सुर्खेतमा जन्मिएकी विष्णु परियार सशस्त्र प्रहरी बलमा कार्यरत छिन्। परियारको यसअघि २०७५ सालमा गजल संग्रह ‘सोखको मात्रा’ प्रकाशित भएको थियो। उनका लोक दोहोरी गीतसमेत यस अगाडि नै रेकर्ड भएका थिए। सानै उमेरदेखि साहित्य क्षेत्रमा रुचि राख्ने उनले कथा, कविता, एकांकी, गजललगायतका विधामा उनले कलम चलाउँछिन्।

Leave A Comment