बिन्दास साम्राज्ञी

बुधबार, २१ फागुन २०७६, ०१ : ०७ शुक्रवार
बिन्दास साम्राज्ञी

नायिका साम्राज्ञी राज्यलक्ष्मी राणाले थोरै समयकै लागि सही तहल्का भने मच्चाइन्। एकादुई वर्ष त उनको नामैले मात्रै फिल्म चल्ला कि भनेर निर्माता–निर्देशक उनको पछि नै लागे।

लाखौं खर्चेर उनलाई फिल्ममा राख्ने निर्माताहरुले अब भने थाहा पाइसके, साम्राज्ञीको नामलाई दर्शकले पत्याउन छाडे भनेर।

यसरी पत्याउन छाड्नुका कारण धेरै छन्। बेढंगे अभिनयको कुरा त छँदैछ, अर्को कारण भनेको उनका प्रेमी पनि थिए, जसले फिल्मको सुटिङकै बीचमा आउन रोकसमेत लगाए पनि उनले टेरपुच्छर लगाएकी थिइनन्, जसका कारण निर्माता बिच्क्याउने काममा मद्दत ग-यो।

त्यसैले हिजोआज साम्राज्ञीलाई हाइसन्चो छ। हालै उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा हातमा वाइन बोकेको फोटो राख्दै लेखिन्, बोरिङ विल नेभर चेन्ज दि आउटकम, सो यु गट चिल ! विचरी साम्राज्ञीले अरु गर्न पनि के पो सक्छिन् र चिल गर्नबाहेक !

Leave A Comment