हेर्न लायक ब्याचलर च्यालेन्ज

बिहिबार, २२ फागुन २०७६, ०९ : ४६ शुक्रवार
हेर्न लायक ब्याचलर च्यालेन्ज

जोडी होस् त प्रियंका र आयुष्मान अर्थात् आयंकाजस्तो। जे काम गर्छन्, त्यो गसिपको मसला बनिहाल्छ। पछिल्लो समय नै हेर्नुस् न, प्रियंकाले थाइल्यान्ड गएर ब्याचलर पार्टी मनाइन्, गसिप बनिहाल्यो। अब त्यसको जवाफ आयुष्मानले फर्काएका मात्र के थिए, त्यो पनि गसिप लेख्न बाध्य बनाउने किसिमको भइहाल्यो।

गएको वर्ष दुई पटक इन्गेजमेन्ट गरेको यो जोडी पक्कापक्की रुपमा अब विवाह गर्ने निधो भएको छ। फागुन १५ गते वैवाहिक जीवनमा बाँधिएको यो जोडीमध्येका एक आयुष्मानले विवाहको संघारैमा आफूनिकट साथीहरुलाई ब्याचलर पार्टी दिए।

पोखराको वाटर फ्रन्ट रिसोर्टमा ब्याचलर पार्टी मनाउन उनका नजिकका साथीहरु पुगेका थिए। यो पार्टी चाहिँ प्रियंका र उनका साथीहरुको थाइल्यान्ड पार्टीको जवाफमा दिएको जनाउ तस्बिरहरुबाट प्रस्टिएको छ।
नत्र भने तस्बिर नै हेर्नुस् न !

Leave A Comment