सुरक्षाले बल्ल पाइन् माया

बिहिबार, २२ फागुन २०७६, ०९ : ५३ शुक्रवार
सुरक्षाले बल्ल पाइन् माया

प्रायः राम्रा फिल्म छान्ने चासोमा फ्लप हिरोइनको छवि बनाएकी सुरक्षा पन्तले चरित्रअनुसार आफ्नो सौन्दर्यलाई बलिदान दिइन्। अर्थात्, ‘आमा’ फिल्ममा उनले कपाल मुण्डन गरिन्। कथाअनुसार पात्रले अन्तिम संस्कारका लागि टाउको खौरिनुपर्ने भएपछि उनले आफ्नो सुन्दर कपाललाई बलिदान दिएकी थिइन्।

त्यस्तै फिल्म लाग्नुअघि चरित्रमा यति भिजिन् उनी त्यसबाट बाहिर निस्कन नै उनलाई सकस परेको खबर पनि सुन्न पाइयो। जसका कारण उनलाई डिप्रेसन नै भयो।

तर ती सबै कुराको परिणाम यतिबेला सुखद् देखिएको छ। सिनेमा हलमा ‘आमा’ले राम्रो व्यापार मात्र गरिरहेको छैन, उनको मिहिनेतको प्रशंसा पनि उत्तिकै भइरहेको छ।

प्रायः नेपाली फिल्म हेर्दा दर्शक रुने गर्छन्, कथाले छोएकोमा भन्दा पनि पैसा खेर गएकोमा ! आफ्नो फिल्म हेरेर दर्शक रोएकामा उनी निकै खुसी देखिएकी छन्। यो खुसी उनले फेसबुकमार्फत व्यक्त गरेकी हुन्।

दर्शकबाट बल्लतल्ल भनेजस्तो माया पाएपछि हामीलाई पनि सन्तोष लागेको छ किनभने यत्तिको सक्षम अभिनेत्रीलाई बेकारमा फ्लपको ठप्पा लाग्या छ लाग्या छ ! अब कम्तीमा उनी पनि हिट फिल्मकी अभिनेत्रीमा दरिन त पाइन् !

Leave A Comment