कृष्टिनालाई गाह्रो

बिहिबार, २२ फागुन २०७६, १० : ०२ शुक्रवार
कृष्टिनालाई गाह्रो

२७ सय अडियसन्सलाई जितेर फिल्म ‘प्रेम गीत ३’ मा हिरोइन भएकी कृष्टिना गुरुङ यतिबेला उत्साह र डर दुवै भावना एकसाथ अनुभूत गरिरहेकी छन्।

उत्साह यस अर्थमा कि टिकटक र सामाजिक सञ्जालमा पहिल्यैदेखि सक्रिय भए पनि उनको जीवनकै पहिलो परिक्षण अब हुँदैछ। अर्थात्, उनको पहिलो फिल्म रिलिजको दिन तीव्र गतिमा नजिकिदैछ।

त्यसैले पनि यतिबेला आफ्नो भर्चुअल सक्रियता बढाउन थालेकी छन्। अभिनेता प्रदीप खड्कासँग अभिनय गर्न पाउनु नै उनका लागि सपना थियो र सपना त पूरा भएको छ तर अर्को तनाव पनि थपिएको छ ! त्यो तनाव त निर्माता–निर्देशक आशुसेनलाई पनि छ तर त्योभन्दा बढी अभिनेता प्रदीप खड्कालाई पनि छ। उनलाई पनि यो फिल्म हिट हुनु उति नै जरुरी छ।

एक साथ निर्माता–निर्देशक, मुख्य हिरो र नव अभिनेत्रीलाई यसरी दबाब त पहिलो पटक नै परेको होला ! किनभने आउँदो चैत २८ मा सौगात मल्ल अभिनित ‘माइकल अधिकारी’ र ‘चपली हाइट ३’ पनि रिलिज हुँदैछ। यी तीन वटै फिल्म ठूलो बजेटमा बनाइएको छ र ठूलै तनाव पनि थपिनु स्वाभाविक हो। यस्तोमा कृष्टिनाको तनाव तुलनात्मक रुपमा सानै हो र पनि हात्तीलाई हात्तीकै भार ठूलो, कमिलालाई कमिलाकै भार ठूलो ! कि कसो, कृष्टिना ?

Leave A Comment