सुमधुर सम्बन्धको रहस्य

बिहिबार, २२ फागुन २०७६, ११ : ५३ शुक्रवार
सुमधुर सम्बन्धको रहस्य

हलिउड अभिनेता ह्यारिसन फोर्ड र अभिनेत्री कालिस्टा फ्लोकहार्ट सम्बन्धमा रहेको १८ वर्ष भइसक्यो। उनीहरुको भेट सन् २००२ मा भएको थियो र सन् २०१० मा उनीहरु वैवाहिक सम्बन्धमा जोडिएका थिए। उनीहरुबीच २२ वर्षको उमेर अन्तर छ र तापनि उनीहरुको सम्बन्धमा कहिल्यै जटिलता उत्पन्न भएको छैन।

इन्डियाना जोन्स चलचित्रका अभिनेता ह्यारिसनले एउटा मनोरञ्जनात्मक म्यागेजिन ‘परेड’लाई दिएको अन्तरवार्तामा सुमधुर सम्बन्धको रहस्य खुलाएका थिए। दीर्घकालीन र सुमधुर सम्बन्धको लागि उनले दिएको रहस्य थियो, ‘सधैँ श्रीमतीलाई सुन्नु। स्वीकृति जनाउन मुन्टो तलमाथि गर्नु।’ अब हामी श्रीमतीलाई सुन्न कत्तिको तयार छौँ त ?

Leave A Comment