शिल्पालाई पुत्री सुख

बिहिबार, २२ फागुन २०७६, १२ : ०४ शुक्रवार
शिल्पालाई पुत्री सुख

अधिकांश मानिसहरु एउटा सन्तान प्राप्तिले सन्तुष्ट हुन सक्दैनन्। पहिलो छोरा जन्मिए अर्को पटक छोरी पाउने इच्छा राखेका हुन्छन्। त्यसैगरी पहिलो छोरी भए अर्को पटक छोरा पाउने इच्छा राखेका हुन्छन्। यो खालको इच्छा आम मानिसमा मात्र नभएर सेलिब्रेटीमा पनि हुन्छ। सायद यस्तै इच्छा बलिउड अभिनेत्री शिल्पा शेठ्ठी र उनको पति राज कुन्द्रामा पनि हुनुपर्छ। यही इच्छा शिल्पाले छोरा भिभान जन्मिएको ७ वर्षपछि छोरीलाई जन्म दिएर पूरा गरिन्। घरमा दोस्रो सन्तानको रुपमा छोरीको आगमन भएको खुसीको खबर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेर शिल्पा र राजले सम्पूर्ण फ्यानहरुलाई चकित पारिदिए। एउटा अन्तरवार्तामा शिल्पाले दोस्रो सन्तान जन्माउन पाँच वर्ष निरन्तर प्रयास गरेको खुलाएकी थिइन्। जे होस् उनीहरुको पाँच वर्षे योजना र अथक प्रयास खेर गएन।

Leave A Comment