नाइटिङ्गेल स्कुल अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी

शनिबार, २४ फागुन २०७६, १२ : ३३ शुक्रवार
नाइटिङ्गेल स्कुल अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी

नाइटिङ्गेल स्कुलका प्रिन्सिपल, सहायक प्रिन्सिपल सहित ५ जना विद्यार्थी ‘दिगो विकासको लक्ष्य’ विषय लिएर न्युयोर्कमा ‘फ्युचर वी वान्ट मोडल युनाइटेड नेसन्स २०२०’ कार्यक्रममा सहभागी भएका छन्।

एसिया युरोप, अफ्रिका र अमेरिकाका करिब १३० देशका २६०० प्रतिनिधिहरुले उक्त कार्यक्रममा सहभागी भई १७ ओटा विषयमा आफ्ना धारणा व्यक्त गरेका थिए। १० दिने कार्यक्रममा नाइटिङ्गेल स्कुलका टिमले अमेरिकास्थित नासा, हार्डवर्ड युनिभर्सिटीलगायत दर्जनभन्दा बढी विद्यालय र युनिभर्सिटीहरुको शैक्षिकलगायत विभिन्न क्रियाकलाप अवलोकन गरिएको थियोे।

उक्त कार्यक्रमका सम्बन्धमा जिज्ञासा राख्दा प्रिन्सिपल रञ्जना प्रधानले अबको दशकमा ग्लोबल सिटिजन तयार पार्दै आफ्ना विद्यार्थीलाई विश्वव्यापी बनाउने लक्ष्य रहेको जानकारी दिनुभयो।

Leave A Comment