अदितीको कमब्याक कि हल्ला

बुधबार, २८ फागुन २०७६, १२ : ५० शुक्रवार
अदितीको कमब्याक कि हल्ला

इन्स्टाग्राम क्विन फिल्म ‘कृ’ को अभिनेत्री अदिति बुढाथोकीको फेरि चर्चा हुन थालेको छ। बलिउड प्रवेशका लागि संघर्ष गरिरहेकी अदिति फेरि नेपाली फिल्ममा फर्किन लागेकी छन्। अहिलेसम्म कुनै फिल्मका निर्देशकले नपत्याएकी अदितिलाई ‘कृ’ निर्देशक सुरेन्द्र पौडेलले पत्याएका छन्। जसका कारण नयाँ फिल्ममा अनुबन्धित गरेका हुन्। अदितिलाई ‘कृ’पछि कुनै फिल्ममा अफर आएन। कुनै फिल्ममा अफर  नआएपछि बलिउडतिरै भासिनुपर्ने बाध्यता आयो। बलिउडमा काम गर्दैछु भनेर चर्चा बटुल्नु त परिहाल्यो ! उनलाई कुनै प्रोड्युसरले लगानी गर्ने आँट नगरेपछि अदिति भारततिरै बसेकी थिइन्। चैतबाट छायाङ्कनमा जाने भनिएको नाम घोषणा नभएको फिल्ममा गायक नितेश जंग कुँवर उनको अपोजिटमा देखिने छन्। फिल्मको नाम हल्ला नभए पनि ‘बेन्जो’ राखिएको बुझिएको छ। फिल्ममा अभिनेत्री अदिति र नितेश प्रेमी–प्रेमिकोका भुमिकामा देखिने छन्। दुई वर्षको अन्तरालमा फिल्ममा कमब्याक हुन लागेकी अदितिको यो पारी कस्तो होला त ? कौतुहलता बढ्नु स्वाभाविक नै हो नि, हैन र ?

Leave A Comment