नयाँ क्याप्टेन अमेरिका

बिहिबार, २९ फागुन २०७६, ०१ : १८ शुक्रवार
नयाँ क्याप्टेन अमेरिका

विश्वभर सबैभन्दा बढी रुचाइने सुपरहिरो चरित्रहरुमध्ये क्याप्टेन अमेरिका पनि एक हो। क्याप्टेन अमेरिका क्यारेक्टर भन्नेबित्तिकै दिमागमा एउटै नाम आउँछ। त्यो हो, क्रिस इभान्स। यी हलिउड अभिनेताभन्दा अरु क्याप्टेन अमेरिका रुपमा परिकल्पना गर्न पनि सकिँदैन।

‘एभेन्जर्सः इन्डगेम’ चलचित्रमा क्याप्टेन अमेरिका बूढो भएको देखाइएको थियो। त्यसलगत्तै अबको क्याप्टेन अमेरिका को हुने हुन् भन्ने जिज्ञासा अधिकांश सुपरहिरो चलचित्रका फ्यानहरुमा उत्पन्न भएको थियो र यही जिज्ञासा हालसालै मेटिएको छ।

अबको नयाँ क्याप्टेन अमेरिका एन्थोनी म्याकेई हुनेछन्। उनी मार्भल युनिभर्समा ६ वर्ष स्याम विल्सन र फ्यालकन क्यारेक्टर रुपमा देखापरेका थिए। ‘एभेन्जर्सः इन्डगेम’ चलचित्रको अन्तिममा स्वयं क्याप्टेन अमेरिकाले स्याम विल्सन र फ्यालकन क्यारेक्टरलाई सिल्ड हस्तान्तरण गरिएको दृश्य छ। जसकारण एन्थोनी म्याकेई जसले स्याम विल्सन र फ्यालकन क्यारेक्टर निभाए, उनैलाई क्याप्टेन अमेरिका क्यारेक्टर रुपमा अगाडि बढाउनु बुद्धिमानी कदम मान्न सकिन्छ।

एन्थोनी म्याकेईले आफू क्याप्टेन अमेरिका हुने विषयलाई भनेका छन्, ‘कालो वर्णको व्यक्तिलाई क्याप्टेन अमेरिका क्यारेक्टर बनाउनु निकै कठिन काम हो। सायद अहिलेको समय र परिस्थितिमा अमेरिकीहरु खुला विचारधाराका छन्। सिङ्गो देश प्रतिनिधित्व गर्ने क्यारेक्टरका रुपमा स्वीकृत हुन्छु भन्ने आशा राखेको छु।’
आशा गरौँ, एन्थोनी म्याकेई क्याप्टेन अमेरिका क्यारेक्टरको लिगेसीलाई थप सशक्त बनाउनुका साथै निरन्तरता दिन सफल हुनेछन्।

Leave A Comment