श्रुतिको स्पष्टोक्ति

बिहिबार, २९ फागुन २०७६, ०१ : ३८ शुक्रवार
श्रुतिको स्पष्टोक्ति

श्रुति हसन भारतीय चलचित्र उद्योगमा सक्रिय छिन्। उनको शरीरको तौल अप्राकृतिक रुपमा घटबढ भइरहन्छ। यति मात्र होइन, उनले नाक र ओठको शल्यक्रिया गराएकी छन्। यही विषयलाई लिएर सामाजिक सञ्जालमा उनको निकै ट्रोल हुने गर्छ।

श्रुतिले तौलमा घटबढ हुनु, नाक र ओठको शल्यक्रिया गर्नुका कारणहरू ‘मुम्बई मिरर’लाई दिएको अन्तरवार्तामा खुलाएकी छन्।

अन्तरवार्तामा उनले आफू पोलिसिस्टिक ओभरी सिन्ड्रोम र डिसमेनोरियाबाट पीडित भएको र यसै कारण शारीरिक र मानसिक पीडा हुने बताएकी छन्। हरेक महिना चुनौतीपूर्ण रहने पनि बताएकी छन्। यही पीडा र चुनौतीका कारण उनको तौलमा अप्राकृतिक घटबढ देख्न सकिन्छ।

त्यसैगरी उनलाई कसैले भारतीय जस्तो नदेखिने भनेर प्रतिक्रिया दिएको हुँदा ओठको शल्यक्रिया गराएको स्पष्ट पारिन्। त्यसैगरी नाकमा दुईपटक चोट लागेको, हेर्दा कुरुप देखिने र श्वास फेर्न पनि सकस हुने हुँदा नाकको शल्यक्रिया गराएको स्पष्ट पारिन्।

आशा राखौँ, श्रुतिको स्पष्टोक्तिले सबै आलोचकहरु शान्त हुनेछन्। कुनै पनि सेलिब्रिटीको मजाक उठाउनु पहिले पृष्ठभूमि बुझ्ने कोसिस गरौँ, कि कसो ?

Leave A Comment