मार्केलको हलिउड सपना

बिहिबार, २९ फागुन २०७६, ०१ : ५४ शुक्रवार
मार्केलको हलिउड सपना

मेगन मर्केल कुनैबेला अमेरिकी अभिनेत्री थिइन्। राजकुमार ह्यारीसँग बिहे गरेपछि राजपरिवारको सदस्य भइन्। जसकारण भूतपूर्व अभिनेत्रीमा सीमित हुन पुगिन्। अहिले उनी र ह्यारी राजपरिवारबाट अलग भइसकेका छन्। दुवैलाई राजपरिवारको कुनै पनि जिम्मेवारी लिनुपर्ने बाध्यता छैन। दुवै जना जीवनको नयाँ अध्याय सुरुवात गर्ने मुडमा छन्। अझ भनौँ, उपयुक्त अवसरको खोजीमा छन्।

विभिन्न स्रोतअनुसार मेगन पुनः हलिउड प्रवेश गर्न चाहन्छिन्। यसका लागि हलिउडसँग निरन्तर सम्पर्कमा छिन् र कयौँ मिटिङ पनि सञ्चालन गर्ने योजनामा छिन्। त्यसैगरी विभिन्न रिपोर्टअनुसार मेगनले आफ्नो एजेन्टलाई सुपरहिरो रोल उपलब्ध गराउन विशेष अनुरोध गरेकी छन्। त्यसका लागि आफू समय व्यवस्थापन गर्न सक्ने र उत्कृष्ट प्रस्तावको प्रतीक्षामा रहेको बताएकी छन्।

नयाँ चुनौतीका लागि मेगन तयार छिन्। बरु हलिउड पो तयार छ कि छैन ? यसको जवाफ पनि डिज्ने कम्पनीबाट आइसकेको छ। ‘मेगनलाई डिज्नी चाहिएको छ, तर डिज्नीलाई मेगन चाहिएको छैन। उनी एउटी विवादित व्यक्तित्व हुन्,’ डिज्ने कम्पनीले भनेको छ।

अब मेगन मर्केलले यस खालको अस्वीकृति कसरी सामना गर्लिन् ? के उनको हलिउड पुनरागमन सफल होला त ?

Leave A Comment