‘ट्याङ्चलाक’ एक साता प्रदर्शन

सोमबार, ०३ चैत २०७६, ११ : १९ शुक्रवार
‘ट्याङ्चलाक’ एक साता प्रदर्शन

मगर भाषाको फिल्म ट्याङचलाक (उज्यालोतिर) एक सातासम्म नियमित प्रदर्शन भएको छ। अहिलेसम्म कुनै पनि मगर फिल्म नियमित हलमा प्रदर्शन नभएको बेला फागुन २० देखि २६ सम्म द्वारिका उदय सिनेमा हल लखन चौराहा बुटवलमा फिल्म प्रदर्शन भएको हो। बिहान १० बजेदेखि ट्याङचलाकको नियमित सो गरिएको थियो।

फिल्मले विकासको नाममा प्राकृतिक सम्पदाको अनुचित प्रयोग, बस्तीको विस्थापनलगायतका विषयको उठान गरेको छ। फिल्मले आदिवासीहरुको थातथलो माथिको अतिक्रमण, भाषा संरक्षण, संस्कृतिको संरक्षण, समाजमा विद्यमान विसंगति, कुरीतिलाई हटाएर आफ्नै माटोमा केही गर्न सकिन्छ भन्ने सन्देश फिल्ममा देखाइएको निर्देशक मेजन पुनले बताए। भाषिक फिल्मको नियमित सो गर्ने अभ्यास पहिलोपटक भएकोमा दर्शकको बाक्लो उपस्थितिले हौसिएको निर्देशक पुनको भनाइ छ। फागुन २५ र २६ गते भैरहवाको काशी सिनेप्लेक्समा समेत फिल्म प्रदर्शन गरिएको थियो भने  फागुन ३० र चैत १ गते तनहुँको दमौली बजारमा ट्याङचलाक प्रदर्शन हुने भएको छ।

तनहुँको अलैचे, मानुङकोट र दमौलीमा छायांकन गरिएको फिल्म फिमला इन्टरटेन्टमेन्ट पोखराको ब्यानरमा निर्माण गरिएको छ। फिल्ममा सुजन थापामगर, सनम आलेमगर, राज थापामगर, तिला मगर, सुमन मगर, शिला राना, बसन थापा मगर, गीता रखाली मगर, रचना थापा मगर, शिल्पा थापा मगर, मञ्जु मगर, समीर थापामगर, मनिराज थापामगर, भरत पुन, बोम पुन, सिरिमाया थापामगर, रोहन तन्डुकार, टीका गिरी, कमल गिरी, किशोर खनाल, हममाया पुन आदिले अभिनय गरेका छन्।

Leave A Comment