आनाको उल्टो काम

बुधबार, ०५ चैत २०७६, ११ : ५३ शुक्रवार
आनाको उल्टो काम

अभिनेता अनमोल केसीसँग ‘जेरी’ खेलेर चर्चा चुल्याएकी अभिनेत्री आना शर्मा यतिबेला फिल्मबाट टाढा छिन्। उनी हातमा फिल्म फालाफाल हुँदाहुँदै टाढिएकी भने होइनन्। ‘ग्याङस्टर ब्लुज’ हुँदै एउटा अंग्रेजी फिल्म ‘द म्यान फ्रम काठमान्डू’मा समेत अभिनय गरेकी आनालाई त्यसपछिका फिल्ममा पत्याइएन। निर्माता निर्देशक दुवैले नजर लाउन छाडेपछि उनी अहिले ग्ल्यामविस्क नामको लिपिस्टिकको फोटोसुटमा व्यस्त छिन्। उनका सामाजिक सञ्जालहरु पनि तिनै लिपिस्टिकका फोटाहरुले लत्पतिएका छन्।

ग्ल्यामर क्षेत्रमा आउनेहरु पहिले फोटोसुट, विज्ञापन, म्युजिक भिडियो हुँदै फिल्ममा छिर्छन्। फिल्म पनि पहिले फ्लप हुँदै अन्त्यमा हिट हुन्छन् तर हाम्री आनाको विषयमा भने ठीक उल्टो नियम चलिरहेको छ। उनले आफ्नो करियर नै फिल्मबाट सुरु गरिन्, हिट पनि भइन्। त्यसपछि फ्लप हुँदै अहिले जाबो लिपिस्टिकको विज्ञापनमा रमाइरहेकी छन्। खै, कसैको त भाग्य पनि कस्तो हो कुन्नी ?

Leave A Comment