विचरी केकी

बुधबार, ०५ चैत २०७६, १२ : २३ शुक्रवार
विचरी केकी

नायिका केकी अधिकारी अहिले फिल्मका कारण भन्दा कमेडी च्याम्पियनका कारण चर्चामा छिन्। उनी र उनका साथीहरुको लगानी रहेको सो कार्यक्रमले राम्रै प्रशंसा बटुलिरहेको छ।

कार्यक्रम जति चर्चित भए पनि के गर्नु ! संगीसाथी सबैको ब्ये भयो, मेरो मात्रै के भयो के भयो भन्ने गीतको पंक्ति उनीसँग मिलेको छ !

साथीहरुको बिहेमा सहभागी हुँदाहुँदा दिक्क भएर होला, सामाजिक सञ्जाल इन्स्टामा उनले कोही मानिसको हातमात्रै देखिने फोटो राखेकी छन् र लेखेकी छन्, ‘गोइङ विद् द ट्रेन्ड !’

कमेन्टमा उनका फ्यानले चाहिँ त्यो हात केटा मान्छेको नपरोस् भन्ने कामना गरिरहेका थिए ! विचरी केकीलाई केही गरे पनि सुख छैन, ट्रेन्ड फलो नगर्दा पछि परिने डर, फलो गर्दा फ्यानको चित्त दुखाई !

Leave A Comment