आस्थाको प्याचअप

बुधबार, ०५ चैत २०७६, १२ : ४३ शुक्रवार
आस्थाको प्याचअप

गायिका आस्था राउतको भङ्जाहा प्रवृत्तिबारे सबै जानकार छन्। उनी बेलाबखत ताईं न तुईंको गफ लडाउन र विभिन्न विवाद जन्माउन माहिर छन्। उनले केही समयअघि एयरपोर्टमा आफैँले गल्ती गर्दै महिला प्रहरीमाथि दोष थोपरेकी थिइन्।

सामाजिक सञ्जालमा रोई–कराई गर्न थालेपछि उनलाई पक्राउ नै गरेर सम्झाउनुपरेको थियो। झगडा गर्नमात्रै होइन, प्याचअप गर्नसमेत माहिर आस्थाले अहिले भने दुई महिला प्रहरीसँग अँगालो मारेर फोटो खिचाएकी छन् र लेखेकी छन्,
को छ यहाँ घटी बढी, जोख्ने छैन तुलो
बदलाका कुरा भन्दा क्षमा गर्नु ठूलो !

उनलाई थाहा छ नि त, प्रहरीसँग रिस मोल्नुहुन्न ! त्यसैले सर्प पनि नमरोस्, लाठी पनि नभाँचियोस् ! शैैलीमा प्याचअप पनि गरिहालिन्। आस्थाको यो काइदालाई मान्नैपर्छ बा !

Leave A Comment