हृतिकको तौलिया फेसन

बिहिबार, ०६ चैत २०७६, ११ : २२ शुक्रवार
हृतिकको तौलिया फेसन

अनौठो डिजाइनको पोशाक लगाउन, नयाँ फेसन स्थापित गर्नमा बलिउड अभिनेता रणवीर सिंह अग्र स्थानमा पर्छन्। अधिकांश सेलिब्रेटी स्थापित फेसन अनुशरण गर्छन्। चलेको ट्रेन्डअनुसार अघि बढ्ने गर्छन्। तर रणवीर भने नयाँ फेसन र ट्रेन्ड स्थापित गरेर अगाडि बढ्छन्। उनकै प्रभावमा बलिउडका केही सेलिब्रेटीले पनि सोही किसिमको फेसन र ट्रेन्ड अनुशरण गरेका छन्। जस्तोः दीपिका पादुकोण र सारा अलि खान। यस्तोमा पछिल्लो समय हृतिक रोशन पनि रणवीरको प्रभावमा देखापरेका छन्।

हृतिक रोशनले दुबई हुँदा एउटा फोटो सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गरेका थिए। त्यस फोटोमा हृतिकलाई रातो टिसर्ट, सेतो तौलिया, खाली खुट्टा र कालो झोला बोकेको अवस्थामा देख्न सकिन्छ। हृतिकले यो खालको विचित्रको पोशाक छनोट र फेसनका लागि रणवीरलाई पूर्ण क्रेडिट दिएका छन्। अझ भनौँ, प्रेरणाका स्रोत मानेका छन्। उनको तौलिया फेसन फ्यानहरुलाई कत्तिको मन पर्ने हो, त्यो हेर्न भने बाँकी छ।

Leave A Comment