आइरन म्यानको शर्त

बिहिबार, ०६ चैत २०७६, ११ : ४३ शुक्रवार
आइरन म्यानको शर्त

हलिउड अभिनेता रोबर्ट डाउनी जुनियरले मार्भल सिनेम्याटिक युनिभर्समा टोनी स्टार्क अर्थात् आइरन म्यान क्यारेक्टरका रुपमा एक दशक बिताए। ‘एभेन्जर्सः इन्डगेम’ चलचित्रको प्रदर्शनपछि भने उनको टोर्न स्टार्कको यात्रा टुङ्गिएको थियो। चलचित्रमा आइरन म्यान क्यारेक्टरले थानोशसँगको अन्तिम लडाईंमा इन्फिनिनी गन्टलेट प्रयोग गरेर चुट्की बजाउँछन् र आइरन म्यान क्यारेक्टरको मृत्यु हुन्छ। यस दृश्यले आइरन म्यान क्यारेक्टरको यात्रालाई बिट मारेको थियो। यद्यपि फ्यानहरु आइरन म्यानलाई मार्भलका अन्य चलचित्रमा पुनः देख्न लालायित छन्। स्वयं रोबर्ट डाउनी पनि आइरन म्यान क्यारेक्टरमा फर्कन चाहन्छन्। 

मार्भल स्टुडियो पनि स्वयं आइरन म्यान क्यारेक्टरलाई मृत्युबाट फिर्ता ल्याएर मार्भल सिनेम्याटिक युनिभर्समा पुनः प्रवेश गराउन चाहन्छ। यस विषयमा रोबर्ट डाउनी र मार्भलबीच विभिन्न चरणका कुराकानी पनि भइसकेको छ तर अन्तिम निर्णय भने हुन सकेको छैन।

विभिन्न स्रोतअनुसार रोबर्ट डाउनीले आइरन म्यान क्यारेक्टरमा फर्कन केही सर्तहरू अगाडि सारेका छन्। पहिलो, अत्यधिक उच्च पैसा। दोस्रो, पेपर पोट्स क्यारेक्टरको पुनरागमन। मार्भल सिनेम्याटिक युनिभर्समा आइरन म्यानलाई मृत्युबाट फिर्ता ल्याउन पेपर पोट्सको कथा महत्वपूर्ण हुने रोबर्ट डाउनीको तर्क छ। हेरौँ मार्भलले उनको यी दुई सर्तको कसरी सम्मान गर्ला त ?

Leave A Comment