प्रलेस अध्यक्षमा मातृका पोखरेल

शुक्रबार, ०७ जेठ २०७३, ०३ : ०४
प्रलेस अध्यक्षमा मातृका पोखरेल

प्रगतिशील लेखक संघको दशौँ राष्ट्रिय सम्मेलनबाट नयाँ नेतृत्व चयन भएको छ । काठमाडौँमा चैत २६ र २७ मा सम्पन्न सम्मेलनबाट अध्यक्षमा कवि तथा कथाकार मातृका पोखरेल सर्वसम्मत निवार्चित भएका छन् । काठमाडौँ, कमलादीमा सम्पन्न सम्मेलनले अध्यक्ष पोखरेलको नेतृत्वमा ६९ सदस्यीय केन्द्रीय समिति र ७० सदस्यीय राष्ट्रिय परिषद् सदस्य पनि सर्वसम्मत निवार्चित गरेको छ । संघको पदाधिकारी र केन्द्रीय समितिमा बहुसंख्यक युवा प्रगतिशील साहित्यकारहरू निवार्चित भएका छन् ।

युवा कवि आरएम डंगोल महासचिवमा चुनिएका छन् भने वरिष्ठ उपाध्यक्षमा युवा कवि राजबहादुर कुँवर चयन भएका छन् । अन्य उपाध्यक्षहरूमा रोशन जनकपुरी, डा. कृष्णराज अधिकारी, मिश्र वैजयन्ती, डा. विन्दु शर्मा, खेम थपलिया, रामप्रकाश पुरी, पद्मप्रसाद शर्मा र पुष्करराज भट्ट चुनिएका छन् ।

युवा कविहरू सरिता तिवारी, शोभा दुलाल, प्रकाश सिलवाल र होमशंकर बाँस्तोला सचिवमा निवार्चित भएका छन् । कवि पुन्य गौतम विश्वास वरिष्ठ सचिव चुनिएका छन् भने विजयराज आचार्य कोषाध्यक्षमा चयन भएका छन् ।

नवनिर्वाचित केन्द्रीय समितिमा पनि युवा साहित्यकारहरूको बलियो उपस्थिति देखिएको छ । केन्द्रीय समितिमा निमेष निखिल, स्वप्निल स्मृति, दीपक सापकोटा, प्रमोद धिताल, श्याम शाह, राजु स्याङ्तान, आरसी न्यौपाने, केबल बिनाबी, संगीत श्रोता लगायतका नयाँ पिढीका कवि÷लेखकहरू निवार्चित भएका छन् ।

त्यसैगरी राष्ट्रिय परिषद्मा शकुन्तला जोशी, गुरुङ सुशान्त, कल्पना चिलुवाल, गणेशकुमार राई, शैलज पौडेल, रमन पौडेल, भावना पाठक, आस्था केसी लगायतका युवाकविहरू चुनिएका हुन् । सम्मेलनमा देशभरिका ४५० लेखक प्रतिनिधि सहभागी थिए ।

लेखक संग्रौला र कवि निभालाई प्रलेसले यस पटकको सम्मेलनमा सम्मान गरेको थियो । उनीहरूसँगै कविता पौडेल, राम विनय, कृष्णदास श्रेष्ठ, वेणु आचार्य र झपेन्द्र वैद्यलाई पनि प्रलेसले दशौँ सम्मेलनको अवसरमा सम्मान गरेको थियो ।

 

Leave A Comment