मेगानको रहर

शनिबार, ०४ भदौ २०७३, ११ : २९ शुक्रवार
मेगानको रहर

पपगायिका मेगान ट्रेनोरले समान उमेरका केटाहरूसँग प्रेमसम्बन्ध गाँस्न आफू इच्छुक नरहेको बताएकी छिन् । उमेरमा निकै सिनियरलाई ब्वाइफ्रेन्ड बनाउनमै मज्जा रहेको उनको भनाइ छ । 
‘म उमेर खाएको मानिससँग डेट गर्न रुचाउँछु, किनकि केटाकेटीको जस्तो दिमाग भएका आलकाँचा केटासँगको प्रेमबाट म वाक्कदिक्क भइसकेँ,’ उनले भनिन् । आफूभन्दा कम्तीमा १३ वर्ष जेठो व्यक्तिलाई प्रेमी बनाउन आफू आतुर रहेको उनले बताइन् । ‘म अहिले २२ वर्षकी भएँ । म २९ वर्षको एउटा युवकसँग प्रेममा थिएँ । ऊ पनि सिनियर नै होला भन्ने सोचेकी थिएँ, तर उसको दिमाग अझै केटाकेटीको जस्तै रहेछ । त्यही भएर अब म ३५ वर्ष अथवा त्यसभन्दा माथिकासँग डेट गर्नेबारे सोच्दै छु,’ उनले भनिन् । 

Leave A Comment