पदकसँगै विवाहको प्रस्ताव

शनिबार, ०४ भदौ २०७३, ११ : ३२ शुक्रवार
पदकसँगै विवाहको प्रस्ताव

ब्राजिलमा जारी रियो ओलम्पिकअन्तर्गत पदक वितरण समारोहमा चिनियाँ खेलाडीले विवाहको प्रस्ताव गरेर सबैलाई अचम्ममा पारेका छन् । चीनकी डाइभिङ खेलाडी ही जीले रियो ओलम्पिकअन्तर्गत महिला तीन सय मिटर स्प्रिङबोर्ड डाइभिङमा रजत पदक जितेकी थिइन् । पदक लिन लागेका बेला उनका प्रेमी किन काईले पदक वितरण समारोहमै गएर विवाहका लागि प्रस्ताव गरे । काईको प्रस्ताव हीले स्वीकार गरिन् । पदक वितरण समारोहको प्रत्यक्ष प्रसारण हेरिरहेका विश्वभरका दर्शकले यो दृश्यलाई आफ्नो टेलिभिजनमा  हेर्न पाए । विवाहको प्रस्ताव गर्ने किनले काईले पदक जित्नुभन्दा केही दिनअघि पुरुष तीन सय मिटर सिनक्रोनाइज्ड स्प्रिङबोर्ड डाइभिङमा कास्य पदक जितेका थिए । 
आफूहरू गएको छ वर्षदेखि प्रेममा रहेको तर किनले यसरी विवाहका लागि प्रस्ताव गर्लान् भन्ने आशा नगरेको हीले बताइन् । उनले भनिन्, ‘उनले धेरै कुरा भने, धेरै वाचा गरे, मैले त्योभन्दा पनि उनलाई जिन्दगीभर विश्वास गर्न सक्छु भन्ने लागेर विवाहका लागि हुन्छ भनेकी हुँ ।’ 

Leave A Comment