दिशाको चर्चा

बिहिबार, २७ चैत २०७६, ०१ : ५८ शुक्रवार
दिशाको चर्चा

फेसन मामिलामा बलिउड सेलिब्रेटीहरूको चर्चा हुने गर्छ नै। प्रायः उनीहरुको सकारात्मक भन्दा पनि नकारात्मक टीकाटिप्पणी बढी हुने गर्छ। यस्तोमा फेसन विषय र पोशाक छनोट बारेमा आधारित आलोचनात्मक टीकाटिप्पणी पाउने सेलिब्रेटीहरुमध्ये दिशा पटानी पनि एक पर्छिन्। यद्यपि पछिल्लो समय भने दिशाले सबैलाई आश्चर्यचकित पार्दै फेसनमा निकै चर्चा बटुल्न सफल भइन्।

दिशाको पछिल्लो समय प्रदर्शन भएको चलचित्र ‘मलङ्ग’ हो। यस चलचित्रमा उनको निकै प्रशंसा भएको थियो। यस पटक उनको प्रशंसा चलचित्रमा निर्वाह गरेको भूमिकामा मात्र सीमित रहेन। उनले अनुशरण गर्ने फेसनको र छनोट गर्ने पोशाक बारेमा पनि उत्तिकै भयो।

‘मलङ्ग’ यस साल प्रदर्शन भएको व्यावसायिक रुपमा सफल चलचित्रमध्ये एक हो। यही उपलक्ष्यमा एउटा पार्टी आयोजना गरिएको थियो। सो पार्टीमा दिशा रातो रङको बडिकन पोशाकमा सजिएकी थिइन्। जति पनि व्यक्तिहरु पार्टीमा उपस्थित थिए, उनीहरु दिशाबाट नजर हटाउन सकिरहेका थिएनन्। यति मात्र होइन, जब दिशाको फोटो सामाजिक सञ्जालमा पोस्ट भयो, फ्यानहरु अझैसम्म उनको सुन्दरता र फेसनको प्रशंसा गरेर थाकेका छैनन्।

Leave A Comment