सरस्वतीको राष्ट्रिय कीर्तिमान

आइतबार, ०५ भदौ २०७३, १२ : ३६ शुक्रवार , Kathmandu
सरस्वतीको राष्ट्रिय कीर्तिमान

सरस्वती भट्टराईले रियो ओलम्पिकअन्तर्गत १५ सय मिटर दूरीको दौडमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । ओलम्पिकको पहिलो चरणबाटै बाहिरिए पनि सरस्वतीले राष्ट्रिय कीर्तिमान भने बनाउन सफल भएकी हुन् । डडेलधुराकी उनले ४ मिनेट ३३ दशमलव ९४ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । त्रिभुवन आर्मी क्लबकी खेलाडी उनले राजकुमारी पाण्डेको नाममा रहेको कीर्तिमान तोडेकी हुन् । राजकुमारीले सन् १९९० को एसियन गेम्समा ४ मिनेट ३४ दशमलव ४५ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । ४१ जना खेलाडी रहेको स्पर्धामा सरस्वती ३७ औँ स्थानमा रहिन् । हिट एकमा रहेकी सरस्वती यो समूहमा भने १३ औँ स्थानमा रहिन् ।

Leave A Comment