आलियाको चाहना

आइतबार, ०५ भदौ २०७३, १२ : ४० शुक्रवार , Kathmandu
आलियाको चाहना

बलिउड अभिनेत्री आलिया भट्ट र अभिनेता सिद्धार्थ मल्होत्राबीचको सम्बन्धलाई लिएर बलिउडवृत्तमा अनेक टीकाटिप्पणी हुन थालेका छन् । उनीहरूबीच गहिरो प्रेम भएको चर्चा सर्वत्र चल्ने गरे पनि दुवैले यसलाई  स्वीकार भने गरेका छैनन् ।
यस्तोमा आलियाले सिद्धार्थप्रति आफूमा अतिरिक्त रुचि भएको स्वीकार गरेकी छिन् । एउटा अन्तर्वार्तामा उनलाई सोधिएको थियो, ‘यदि तपाईं यो पृथ्वीको अन्तिम महिला हुनुभयो र तपाईंले नै नयाँ सभ्यता सुरु गर्नुपर्ने भयो भने रणवीर सिंह, सिद्धार्थ मल्होत्रा, वरुण धवन, शाहिद कपुर र रणवीर कपुरमध्ये कोसँग सहकार्य गर्नुहुन्छ ?’ प्रश्न भुइँमा झर्न नपाउँदै आलियाले सिद्धार्थसँगको सहकार्यबाट आफूले नयाँ सभ्यता रच्ने चाहना व्यक्त गरेकी थिइन् ।

 

Leave A Comment