फ्यान पट्याउने काइदा

शनिबार, १७ साउन २०७७, १२ : ०५ शुक्रवार
फ्यान पट्याउने काइदा

मुखमा जे आयो त्यही बोलेका कारण नेपाली फिल्म क्षेत्रका केही कलाकार आ–आफ्नो चिन्तामा डुबेका छन्। कोही बलतल लगाएर दर्शकको गालीबाट बाहिर निस्किएका छन्, कसैलाई बाछिटा लाग्दैछ त केही यतिखेर गालीको मध्य समयमा पुगेका छन्।

दर्शकले फिल्म बहिष्कार गर्ने डरले कलाकार भयभित भइरहेका बेला नायिका नम्रता श्रेष्ठ भने दर्शकलाई आफ्नो बनाउने मेलोमा छिन्।

सामाजिक सञ्जाल इन्स्टामा छोटो भिडियो राख्दै उनले कोरोनाको समयमा पक्कै आफ्नो हेरचार गरेको होला, गरेको छैन भने गर भनेर राखेकी छन्। त्यति मात्रै हैन, धेरै मायाँ पनि दिएकी छन्। गाली दिँदादिँदा वाक्क बनेका नेपाली चलचित्र क्षेत्रका फ्यानहरुले यही मौकामा छताछुल्ल हुने गरेर मायाँ पनि दिएका छन्।

भिडियोको प्रतिक्रियामा पहिलो क्रसदेखि लभ यु बेबी मात्रै होइन, उम्म्म्मा लेखेर चुम्मासमेत दिएका छन्। यो हो नि त, फ्यान पट्याउने काइदा !

 

Leave A Comment