जिरो टेलोरेन्सवाली

शनिबार, १७ साउन २०७७, १२ : २८ शुक्रवार
जिरो टेलोरेन्सवाली

छोरा हुर्काउने चक्करमा फिल्म क्षेत्रबाट बाहिरिएकी नायिका निशा अधिकारी यतिखेर विभिन्न आन्दोलनहरुमा सहभागी भइरहेकी छन्। इनफ इज इनफको शान्तिपूर्ण धर्नादेखि अनसनसम्म उनी हात धोएर लागिपरेकी छन्।

साइबर बुलिङका बारेमा बोल्ने जिरो टेलोरेन्स अर्थात् शून्य सहनशीलता हाँकिरहेकी निशा केही दिनदेखि भने चुपचाप छिन्। पत्रकारलाई दर्शकले गरेका कमेन्ट नहटाएको भन्दै धम्की दिने निशाले आफ्नै क्षेत्रका मानिसले भक्कु गाली खाँदासमेत चुप बसेको आरोप लागेको छ। 

अभिनेत्री तथा सफल निर्देशक दीपाश्री निरौलालाई सामाजिक सञ्जालमा निकै अश्लील गालीहरु आए। पढ्नै नसकिने प्रतिक्रियाहरुले सामाजिक सञ्जाल रंगिए पनि उनी चुइँक्क बोलिनन्। 

साम्राज्ञी राज्यलक्ष्मी राणाको पालामा आफू पनि उनको पक्षमा रहेको बताएकी थिइन् तर दीपाको पालामा किन बोलिनन्, जिरो टेलोरेन्सवाली निशा ? सबैले प्रश्न तेस्र्याएका छन्।

 

Leave A Comment