मेगनको अर्को सन्तान

बुधबार, ०८ भदौ २०७३, ०९ : ५५ शुक्रवार , Kathmandu
मेगनको अर्को सन्तान

हलिउड अभिनेत्री मेगन फक्स तेस्रो सन्तानकी आमा भएकी छिन् । पति ब्रिन अस्टिनका तर्फबाट उनी तेस्रो सन्तानकी आमा बनेकी हुन् ।
उनले छोरो जन्माएकी छिन् । छोरोको नामकरणसमेत उनले गरिसकेको समाचारमा जनाइएको छ । यसअघि पनि उनले दुई छोरा जन्माइसकेकी छिन् । गत अप्रिलमा उनले आफू गर्भवती भएको खुलासा स्वयं गरेकी थिइन् ।
‘गत वर्ष मेगनले पतिसँग छोडपत्र गरिपाऊँ भन्दै अदालतमा निवेदन दिएकी थिइन् । तर, उनीहरूको विवाद साम्य भयो र दुवैजना सँगै घुम्न भनेर नयाँनयाँ ठाउँमा गए । त्यसै क्रममा उनी गर्भवती भइन् र अहिले आएर उनले छोरो जन्माइन्,’ एउटा अनलाइनले लेखेको छ ।

 

Leave A Comment