वजन घटाइन् किमले

बिहिबार, ०९ भदौ २०७३, ११ : २० शुक्रवार , Kathmandu
वजन घटाइन् किमले

अमेरिकी मोडल किम कार्दसियनले शरीरको वजन कम गरेकी छिन् । दोस्रोपटक सुत्केरी भएपछि मोटाएकी उनले पुनः आफ्नो ज्यान छरितो र कामुक बनाएको विभिन्न अनलाइनले लेखेका छन् ।
छरितो ज्यानमा उनी गत साता अमेरिकी शहर लस एन्जलसमा सपिङ गर्दै गरेको अवस्थामा फेला परेकी थिइन् । उनी स्वयंले अहिले आफ्नो वजन झरेर ५६ केजीमा आइपुगेको उल्लेख गरेकी छिन् ।
सपिङ गर्दै गरेको तस्बिर खिच्न फोटोग्राफरको लेन्स उनीतर्फ तेर्सिएपछि उनले पोज दिएजस्तो गरिन् । ‘५६ केजीकी भएँ, अझै दुई केजी घटाउने सोच छ,’ उनले भनिन् ।

Leave A Comment