‘पहिले सहजता, त्यसपछि ब्रान्ड’

आइतबार, ०९ जेठ २०७३, ०७ : ४२
‘पहिले सहजता, त्यसपछि ब्रान्ड’

भाष्करराज कर्णिकार, सञ्चार उद्यमी

फेसनलाई कसरी बुझ्नुहुन्छ ?
आफ्नो पहिचान दिलाउने माध्यम हो फेसन । हामीले लगाउने पहिरनले हाम्रो व्यक्तित्वमा सकारात्मक प्रभाव पार्छ ।

फेसन गर्दा के कुरामा बढी ध्यान दिइन्छ ?
पहिरन लगाउँदा सबैभन्दा सहजतामा ध्यान दिन्छु । त्यसपछि ब्रान्ड र गुणस्तरमा ध्यान दिन्छु ।
युवा हुँदा कस्तो फेसन बढी गरियो ?
जिन्स बढी लगाइयो । जिन्सको त म क्रेजी नै थिए ।
लगाउने कुरामा केमा बढी खर्च गर्नुहुन्छ ?
सुट बढी लगाइने भएकाले त्यसमै बढी खर्च हुन्छ । त्यसबाहेक ग्याजेटको सोखिन छु । ग्याजेटमा पनि खर्च हुन्छ ।
तपाईंका नजरमा नेपालको सबैभन्दा फेसनेबल अभिनेत्री ?
करिश्मा मानन्धर ।
प्रस्तुतिः जयन

 

Leave A Comment