सकियो ‘फेसन विक’

आइतबार, ०९ जेठ २०७३, ०७ : ४८
सकियो ‘फेसन विक’

बौद्धस्थित ह्यात रिजेन्सी होटलमा सम्पन्न फेसन सप्ताह ‘टीजीआईएफ नेपाल फेसन विक २०१६’ मा फेसन डिजाइनिङमा अध्ययनरत विद्यार्थी डिजाइनर र फेसन जगतमा परिचय बनाइसकेका फेसन डिजाइनरले तयार पारेका आकर्षक र स्टाइलिस ड्रेसमा मोडलहरू ¥याम्पमा उत्रिए । चार विदेशी र १६ नेपाली मोडल ¥याम्पमा उत्रिएका थिए । सिजन भट्टचनको कोरियोग्राफी र सुमन लामाको मेकअप हेयर स्टाइल रहेको फेसन सप्ताहलाई आईसी डिजाइनिङ संस्थाको सहकार्यमा अप्काइभेन्ट्सले आयोजना गरेको हो । पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ, मलिना जोशीदेखि अभिनेत्री ऋचा शर्मा, संचिता लुइँटेल, झरना थापा, माला लिम्बू, स्वस्तिमा खड्का, पारमिता राणा, दीपशिखा शाही लगायतको उपस्थिति फेसन वीकमा थियो । ककटेल, पार्टी, एथनिक, ब्राइडल वेयरले कार्यक्रममा प्राथमिकता पाएका थिए ।

 

Leave A Comment