‘गोलमाल’मा परिनन् आलिया

सोमबार, १३ भदौ २०७३, १० : ३६ शुक्रवार , Kathmandu
‘गोलमाल’मा परिनन् आलिया

बलिउड अभिनेत्री आलिया भट्ट फिल्म ‘गोलमाल’को चौथो सिक्वेलमा देखा नपर्ने भएकी छिन् । यसअघि ‘गोलमाल’का सिक्वेलहरूमा करिनाले काम गर्दै आएकी थिइन् । करिना अहिले गर्भवती भएपछि उनको सट्टा आलियालाई ‘गोलमाल–४’ मा काम गराउने तय भएको चर्चा चल्दै आएकामा फिल्म निर्देशक रोहित शेट्टीले आलियालाई फिल्ममा लिने सम्भावना नरहेको बताएका हुन् ।
‘‘गोलमाल–४’ को काम सुरु भएको कुरा साँचो हो,’ रोहितले भने, ‘यसमा अजय देवगन, अरशद वारसी, तुषार कपुर, कुणाल खेमू, जोनी लिवर लगायतले काम गर्नेछन् । फिल्ममा कुनै नयाँ अभिनेत्रीलाई काम गराउने सोचिरहेको छु । आलिया अहिले अन्य फिल्ममै व्यस्त भएकाले उनले काम गर्ने सम्भावना छैन ।’

 

Leave A Comment