दानी एम्बर

सोमबार, १३ भदौ २०७३, ११ : २८ शुक्रवार , Kathmandu
दानी एम्बर

हलिउड अभिनेत्री एम्बर हर्डले ७० लाख अमेरिकी डलर दान गरेकी छिन् । पति तथा अभिनेता जोनी डेपसँग छोडपत्र गरेपछि जोनीका तर्फबाट आफूले पाएको ७० लाख डलर उनले सामाजिक काममा लगाउने गरी दान गरिदिएकी हुन् ।
जोनी आफू्सँग इमानदार नभएकाले छोडपत्र भएको भन्ने एम्बरको विश्वास छ । यसले उनको मनमा गहिरो चोट पनि पु¥याएको छ । त्यही भएर उनले आफूजस्तै छोडपत्र गरेर एकल जीवन बिताइरहेका महिलालाई सेवा पुग्ने ठाउँमा खर्च हुने गरी रकम दान गरेकी हुन् ।
तीन महिना लामो अदालती सुनुवाइपछि जोनीसँग उनको सम्बन्ध विच्छेद भएको फैसला गत साता आएको थियो । त्यसलगत्तै उनले जोनीका तर्फबाट आफूले पाउने पैसा दान गर्ने फैसला गरेकी हुन् ।

 

Leave A Comment