फ्रेस केन्डल

बुधबार, १५ भदौ २०७३, ११ : ०२ शुक्रवार , Kathmandu
फ्रेस केन्डल

मोडल केन्डल जेनर हिजोआज फ्रेस मुडमा छिन् । छुट्टी मनाउन अहिले उनी विभिन्न देश घुमिरहेकी छिन् ।
यसै क्रममा उनी गत साता साथीसँगीसँग आन्ध्र महासागरमा पर्ने टर्क एन्ड कोकोस पुगिन् । आइल्यान्डमा साथीहरूसँग भरपूर मनोरञ्जन गर्दै गरेको अवस्थाका आफ्ना केही थान तस्बिर उनी स्वयंले सार्वजनिक गरेकी छिन् ।
तस्बिरमा उनले कालो टप र सर्ट पहिरिएकी छिन् । हर्स राइड गरेकोदेखि लिएर समुद्रमा डाइभ हानेकोसम्मका तस्बिर उनले सार्वजनिक गरेकी छिन् । केन्डललाई छुट्टी मनाउन बहिनी काइली र प्रेमी तथा ¥यापर टियागाले साथ दिरहेका छन् । उनीहरू पनि केन्डलसँगै सोही द्वीपमा छन् । 

Leave A Comment