टिममा परेनन् रोनाल्डो

बिहिबार, १६ भदौ २०७३, ११ : ३९ शुक्रवार , Kathmandu
टिममा परेनन् रोनाल्डो

कप्तान क्रिस्टियानो रोनाल्डो पोर्चुगलको विश्वकप छनोटको पहिलो खेलका लागि घोषणा गरिएको टिममा परेका छैनन् । युरोकपको फाइनलमा घुँडामा लागेको चोट निको नभएका कारण रोनाल्डोले विश्वकप छनोटको पहिलो खेल खेल्न नसक्ने भएका हुन् । गएको जुलाईमा फ्रान्ससँगको युरोकपको फाइनलपछि उनले खेलका छैनन् । विश्वकप छनोटको आफ्नो पहिलो खेलमा पोचुर्गलले भदौ २१ मा स्विट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । पोर्चुगलले यस खेलका लागि २४ सदस्यीय टोली घोषणा गरेको छ । युरोकपको फाइनलमा विजयी गोल गरेका एडर टिममा परेका छन् । 

Leave A Comment