श्रद्धाको सानो पर्दा प्रवेश

शुक्रबार, १७ भदौ २०७३, ०२ : १९ शुक्रवार , Kathmandu
श्रद्धाको सानो पर्दा प्रवेश

एक म्युजिक रियालिटी सोमार्फत श्रद्धा कपुरको सानो पर्दामा प्रवेश हुनसक्ने बताइएको छ । उनी ‘रअ स्टार’ नामक सोको निर्णायक मण्डलमा गायक अरिजित सिंहसँग जोडिने भएकी छिन् । सोमा अरिजितले प्रतियोगीलाई मार्गनिर्देश गर्नेछन् । श्रद्धाले भने सोलाई ग्ल्यामर प्रदान गर्ने बताइएको छ ।
सूत्रका अनुसार अरिजितको चर्चित गीत ‘तुम ही हो’ श्रद्धामाथि फिल्मांकन गरिएकाले यी दुईको सहकार्य राम्रो जम्नेछ । हाल श्रद्धा दक्षिण अफ्रिकामा ‘हाफ गर्लफ्रेन्ड’को छायांकनमा व्यस्त छिन् । उनी भारत फर्किएपछि ‘रअ स्टार’को छायांकन सुरु हुने बताइएको छ ।
श्रद्धा यस सोका लागि बिलकुल ‘पर्फेक्ट’ हुने बताइएको छ । उनी फिल्म ‘एक भिलेन’को ‘तेरी गलियाँ’ बोलको चर्चित गीतकी गायिका हुन् ।

 

Leave A Comment