कलाकारका मन पर्ने दर परिकार

आइतबार, १९ भदौ २०७३, ०५ : ५७ शुक्रवार
कलाकारका मन पर्ने दर परिकार

उषा खड्गी
मिठाई र दूधका परिकार असाध्यै मन पर्छन् । माछाका परिकार, गुन्द्रुक, आलुको अचार र मासुका परिकार निकै रुचाउँछु । दिनभर भोकभोकै व्रत बस्ने, रातमा भने चिल्लो खानेकुरा खानु हुँदैन । स्वास्थ्यलाई ख्याल गरेर मात्रै दर खाँदा राम्रो हुन्छ ।

नम्रता श्रेष्ठ

दरमा स्पेसल भन्ने त केही छैन । ममी दिदीहरूले जे पकाउँछन् त्यही खाने हो दरमा । परिवारका सदस्यबीच जमघट गरेर खाँदा जे पनि मीठै लाग्छ । परिवारसँग सादा दालभात खाए पनि सन्तुष्ट भइन्छ ।

रिमा विश्वकर्मा

मलाई मन पर्ने दर भनेकै खिर हो । अरूबेलाभन्दा दरखाने बेला खिर खानुको मज्जा नै बेग्लै लाग्छ । शाकाहारी परिकार बढी मन पर्छन् । दूध, दही र फलफूलमा स्याउ, आँप औधी रुचाउँछु ।

अशिष्मा नकर्मी
दरमा शाकाहारी परिकार बढी खाइन्छन् । दूध, दही र च्याउका परिकार धेरै नै मन पराउँछु । यसपालिको तीज मेरा लागि त फोटोसुट नै गरेर बित्ला जस्तो छ ।

बेनिशा हमाल

तीजको दर भन्ने बित्तिकै लट्टेको याद आइहाल्छ । हाम्रो घर चितवनतिर भएकाले दरमा गुलियो लट्टे अनिवार्यजस्तै हुन्छ । सेलरोटी, खिर, मिठाईका परिकार भनेसी हुरुक्कै हुन्छु ।

 

Leave A Comment