तमन्नाका लागि श्रुतिले गाउने

बुधबार, २२ भदौ २०७३, ११ : ०६ शुक्रवार , Kathmandu
तमन्नाका लागि श्रुतिले गाउने

अभिनेत्री÷गायिका श्रुति हसनले तमिल, तेलगु र हिन्दी फिल्ममा गीत गाएकी र अभिनय गरेकी छिन् । तमिल कमेडी फिल्म ‘काथी संदई’मा तमन्ना भाटियाका लागि उनले गीत गाउने भएकी छिन् । यो गीत विशेष खालको हुने बताइएको छ । विभिन्न अखबारका अनुसार श्रुतिलाई यस गीतका लागि अफर गरिएको थियो, जुन उनले सहर्ष स्वीकार गरिन् । चाँडै नै गीतको रेकर्डिङ सुरु हुनेछ । यो खास गीतलाई तमन्नाको चरित्रमाथि फिल्मांकन गरिनेछ ।
फिल्ममा हिपहप तमिजहाले संगीत दिएका छन् । निर्देशक सुरजलाई यस गीतमा श्रुतिको आवाज उत्तम लाग्यो ।

 

Leave A Comment