अस्कर अवार्डमा ‘कालो पोथी’

बिहिबार, २३ भदौ २०७३, ११ : ५५ शुक्रवार , Kathmandu
अस्कर अवार्डमा ‘कालो पोथी’

विश्वप्रसिद्ध ‘अस्कर अवार्ड’मा नेपालबाट मीनबहादुर भाम निर्देशित फिल्म ‘कालो पोथी’ छनोट भएको छ । विदेशी भाषी सर्वोत्कृष्ट छनोट समिति (नेपाल)ले यो फिल्मलाई अस्कर अवार्डमा सहभागी गराउने निर्णय गरेको हो ।
अवार्डका लागि पुग्ने स्तरीय एवं अब्बल दर्जाका सिर्जनामा रहेका प्राविधिक पक्ष, कथ्यको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण तथा प्रस्तुतिको कलात्मक बनोट आदिलाई ध्यानमा राखेर यो फिल्म छनोट गरिएको बताइएको छ । यो फिल्मले अब अस्कर अवार्डअन्र्तगत ‘विदेशी भाषी चलचित्र’ विधामा प्रतिस्पर्धा हुनेछ । माओवादी जनयुद्धलाई पृष्ठभूमि बनाएर मुगुको एक गाउँमा बस्ने दुईंजना बालकको मित्रताको कथा यो फिल्ममा छ ।  
‘पशुपतिप्रसाद’ र ‘को आफ्नो’ पनि अस्करका लागि प्रतिस्पर्धामा थिए । तर, छनोट समितिले ‘कालो पोथी’ पठाउने निर्णय गरेको हो । सन् २०१७ मा प्रतिष्ठित ‘अस्कर अवार्ड’को ८९ औँ शृंखला आयोजना हुनेछ ।

 

Leave A Comment