सोनाक्षीलाई मन नपर्ने कुरा

शुक्रबार, २४ भदौ २०७३, ०९ : ५५ शुक्रवार , Kathmandu
सोनाक्षीलाई मन नपर्ने कुरा

बलिउड अभिनेत्री सोनाक्षी सिन्हा आफ्नो नयाँ फिल्म ‘अकिरा’प्रति निकै आशावादी छिन् । ‘अकिरा’ले अभिनय क्षेत्रमा आफ्नो उचाइ थप्ने आशा व्यक्त गरेकी उनले आगामी दिनमा पनि फिल्म क्षेत्रमै सक्रिय हुने मनसाय बनाएकी छिन् । फिल्म क्षेत्रमा राम्रोसँग भिजे पनि यो क्षेत्रका केही कुरा उनलाई फिटिक्कै मन पर्दैनन् ।
‘मलाई मन नपर्ने केही कुरा छन्,’ उनले भनिन्, ‘बलिउडमा अभिनेताभन्दा अभिनेत्रीलाई कम पारिश्रमिक दिइन्छ । अभिनेता र अभिनेत्री दुवैले फिल्ममा समान समय योगदान गरेका हुन्छन् भने उनीहरूको पारिश्रमिकमा विभेद किन हुन्छ ?’ त्यस्तै, फिल्म छायांकनमा हुने ढिलासुस्ती पनि आफूलाई मन नपर्ने उनी बताउँछिन् ।  

 

Leave A Comment