सेरेनाले तोडिन् फेडेररको कीर्तिमान

शुक्रबार, २४ भदौ २०७३, १० : ०६ शुक्रवार , Kathmandu
सेरेनाले तोडिन् फेडेररको कीर्तिमान

विश्व नम्बर एक अमेरिकी टेनिस खेलाडी सेरेना विलियम्सले सबैभन्दा धेरै  ग्रान्ड स्लाम खेल जित्ने कीर्तिमान बनाएकी छिन् । यूएस ओपन टेनिसको अन्तिम आटमा पुग्ने क्रममा काजकस्तानकी यारोस्लावा स्भेदोवालाई ६–२ र ६–३ को सेटमा हराएपछि उनले यो कीर्तिमान बनाएकी हुन् ।
यो उनको ३ सय ८ औँ जीत थियो । उनले भनिन्, ‘यो धेरै ठूलो संख्या हो ।’ सेरेनाले सबैभन्दा धेरै खेल जित्ने रोजर फेडेररको कीर्तिमान  भंग गरेकी हुन् । फेडेररले ३ सय ७ खेल जितेका छन् । यो क्षणलाई आफूले रमाइलो मानेको भन्दै उनले भनिन्, ‘मैले कुनै कीर्तिमान तोडौँला भनेर सोचेकै थिइनँ ।’ २२ वटा एकल ग्रान्ड स्लाम उपाधि जितेकी सेरेनाले डबल्समा भने १४ पल्ट उपाधि जितेकी छिन् ।

 

Leave A Comment