जिम्मेवारी वहन नगर्नु,लज्जाजनक हुन्छ

शनिबार, २५ भदौ २०७३, १० : ४७ शुक्रवार , Kathmandu
जिम्मेवारी वहन नगर्नु,लज्जाजनक हुन्छ

बुद्धिमान् तथा स्वाभिमानी मानिस मालती फूल समान दुई अवस्थाबाट गुज्रन्छन् ।  मालती फूल सबै मानिसको शिरमा रहन्छ । अर्थात्, राम्रो र सुवासयुक्त हुनाले मानिसले फूललाई आफ्नो शिरमा सिउरन्छन् । मानिसले फूललाई देखेन, भेट्टाएन वा पाउन सकेन भने यो फूल वन वा बगैँचामुनि झरेर ओइलाएर जान्छ ।
रणभूमिमा आफ्नै सामुन्नेमा मारिएको वीर योद्धाप्रति जितेको भए पृथ्वीको राज्य सुख र लडाइँमा मरेको हुनाले स्वर्गवास भएको छ भन्ने जय÷पराजय पक्षका यी दुवै कुरा कानले सुन्नुपर्दा नै मजा लाग्छ ।
पृथ्वीको सिमाना समुद्र भएको छ । समुद्र पनि सत योजनाको सीमाभित्र नै अडेको छ । भगवान्समेत आकाशको सिमानाभित्रै परिभ्रमण गरिरहेछन् र यस संसारमा सिमाना नभएको कुनै वस्तु पाइँदैन । केवल एउटै वस्तुको मात्र सिमाना छैन । त्यो हो सज्जन बुद्धिमान् व्यक्तिको बुद्धिको विकास । बुद्धिमान् मानिसको बुद्धि असीमित हुन्छ ।
ठूला–ठूला प्रशंसनीय व्यक्तिहरू आफूले जिम्मेवारी वहन गरिसकेपछि पूरा नगरेर त्यसै छाड्दा लाज मान्छन् । सज्जन मानिस आफूले गर्छु भनी अठोट गरेको काम जस्तोसुकै गाह्रोसाँगुरो अवस्था आइपर्दा पनि गरेरै छाड्छन् ।  
मुख टालिदिएपछि यस संसारमा कुन मानिसलाई आफ्नो नियन्त्रणमा राख्न सकिँदैन र ? मृदंग वा मादलको दुवै मुखमा लेप लगाएर थुनिदिएपछि मात्र यसले मीठो आवाज निकाल्न थाल्छ ।
       
भर्तृहरि

Leave A Comment