सन्दिपलाई क्लार्कको निम्तो

शनिबार, २५ भदौ २०७३, ११ : १५ शुक्रवार , Kathmandu
सन्दिपलाई क्लार्कको निम्तो

अस्ट्रेलियाका पूर्व क्रिकेट कप्तान माइकल क्लार्कले क्रिकेटर सन्दिप लामिछानेलाई प्रशिक्षणका लागि अस्ट्रेलियामा बोलाएका छन् । माइकल क्लार्क क्रिकेट एकेडेमीले सन्दिपलाई प्रशिक्षणमा सहभागी हुन र सन् २०१६÷१७ को सिजनमा वेस्टर्न सबब्र्सको माइकल्स प्रिमियर ग्रेड क्रिकेट क्लबबाट खेल्न औपचारिक पत्र पठाएको हो । गएको मे महिनामा हङकङमा भएको ट्वेन्टी–ट्वेन्टी प्रतियोगिताको क्रममा क्लार्क र सन्दिपको भेट भएको थियो । त्यो प्रतियोगितामा सन्दिपले गरेको प्रदर्शन र उनको क्षमता देखेर क्लार्क प्रभावित भएका थिए ।  त्यतिबेला नै क्लार्कले सन्दिपको क्रिकेट क्षमता विकासका लागि सहयोग गर्ने वचन दिएका थिए । त्यही वचनअनुसार क्लार्कको एकेडेमीले सन्दिपलाई बोलाएको हो । सन्दिपलाई पठाएको पत्रमा क्लार्कले सन्दिपको क्षमता विकासमा मद्दत गर्न चाहेको उल्लेख छ । आगामी सेप्टेम्बर २६ बाट सुरु हुने पाँचदिने क्याम्पमा सहभागी हुन क्लार्कले उनले विशेष अनुरोध गरेका छन् । क्लार्कले सन्दिप आफ्नो क्लबमा फिट हुने विश्वास पनि व्यक्त गरेका छन् ।

 

Leave A Comment