कलेज धाउँदै दीपक–प्रियंका

शनिबार, २५ भदौ २०७३, ११ : ३६ शुक्रवार , Kathmandu
कलेज धाउँदै दीपक–प्रियंका

हो । यतिबेला हास्य अभिनेता दीपकराज गिरी र अभिनेत्री प्रियंका कार्की कलेजकलेज धाइरहेका छन् । तर, पढ्नका लागि भने होइन । कुन कलेज पढ्ने भनेर पनि उनीहरू कलेज धाइरहेका होइनन् । उनीहरू त आफ्नो फिल्म ‘६क्का पञ्जा’को प्रचारप्रसारका लागि सोमवारदेखि राजधानीका कलेज धाइरहेका हुन् । कलेजका विद्यार्थीहरूलाई रमाइलो गर्ने र फिल्म हेर्न आग्रह गर्ने यो उनीहरूको प्रचार काइदा हो । राम्रा नेपाली फिल्मप्रति विद्यार्थीको चासो बढिरहेकाले आफूहरूले प्रचारका लागि कलेज ताकेको दीपकराजले बताएका छन् । यो फिल्ममा दीपक र प्रियंका जोडीका रूपमा देखिने बुझिएको छ । फिल्म शुक्रवारबाट प्रदर्शनमा आएको छ ।

 

Leave A Comment