सम्पादकसँग लुपिताको अफेयर

आइतबार, २६ भदौ २०७३, ११ : ०८ शुक्रवार , Kathmandu
सम्पादकसँग लुपिताको अफेयर

ओस्कर विजेता अभिनेत्री लुपिता योङ्गोले फेसनसम्बन्धी अमेरिकी म्यागजिन ‘जीक्यू’का फेसन सम्पादक माबोलाजी डावोडूसँग अफेयर चलाएकी छिन् । उनीहरूबीच अफेयर चलेको छ महिना बितिसकेको समाचारमा जनाइएको छ ।
केन्याली मूलकी मेक्सिकन अभिनेत्री लुपिताले एकजना साथीमार्फत माबोलाजीसँग परिचय गरेकी थिइन् । भेटका क्रममा दुवैले फेसन र पहिरनप्रतिका आफ्ना रुचिबारे खुलस्त कुराकानी गरे । दुवैको रुचि समान भएपछि उनीहरू एकआपसमा नजिकिँदै गरे र अन्ततः प्रेममा पर्न पुगे । ‘दुवैले निकटवर्तीहरूसँग आफूहरू प्रेममा रहेको बताउने गरेका छन्, तर सार्वजनिक रूपमा भने भनेका छैनन्,’ स्रोतलाई उद्धृत गर्दै समाचारमा भनिएको छ ।

 

Leave A Comment