खुर्सानीको कीर्तिमान तमासा

आइतबार, २६ भदौ २०७३, ११ : ३२ शुक्रवार , Kathmandu
खुर्सानीको कीर्तिमान तमासा

अमेरिकी राज्य न्युजर्सीमा दुई महिला संसारकै पिरो खुर्सानी खान तम्सिएका थिए । यस्तो पिरो खुर्सानी खाएर कीर्तिमान कायम गर्ने उनीहरूको धोको थियो । तर, दुवैको धोको रुवाबासीमा अन्त्य भएको छ ।
गत साता न्युजर्सीमा एउटा कार्यक्रम आयोजना गरिएको थियो, जहाँ उनीहरूबीच संसारकै पिरो खुर्सानी खाने प्रतिस्पर्धा हुने तय भएको थियो । गिनिज बुक अफ वल्र्ड रेकड्र्सले संसारकै पिरो खुर्सानी भनी मान्यता दिएको क्यारोलिना रिपर प्रजातिको खुर्सानी खाने प्रतिस्पर्धा उनीहरूबीच भएको थियो ।
सब्रिना स्टेवार्ट र लिजी वुस्र्ट नाम गरेका दुई युवतीले प्रतिस्पर्धामा भाग लिएका थिए । प्रतियोगिता सुरु हुनासाथ दुवैले खुर्सानी टोके । तर, बेस्कन पिरो भएपछि टोकेको खुर्सानी निल्न सकेनन् र ओकले । सँगै पिरोले रुने, कराउने, आँशु झार्ने, उफ्रिने गर्न थाले । खुर्सानी खान तम्सिएकाहरूको बेहाल भएको सो भिडियो अनलाइनतिर भाइरल भएको छ ।   

 

 

Leave A Comment