थकित जिना

सोमबार, २७ भदौ २०७३, ११ : २० शुक्रवार , Kathmandu
थकित जिना

हलिउड अभिनेत्री जिना दिवान तातुमले थकित महसुस गर्न थालेकी छिन् । तीन सन्तानकी आमा जिनाले आमा र अभिनेत्रीको भूमिका समानान्तर रूपमा निर्वाह गरिरहनुपरेको छ । र, यही दोहोरो भूमिकाले उनलाई थकित बनाएको हो ।
‘अहिले म कान्छी छोरीको लालनपालनमा बढी केन्द्रित छु,’ उनले भनिन्, ‘पहिलेपहिले आमा बन्नु निकै सजिलो होला भन्ने लाग्थ्यो । तर, आमा बनेपछिका दिनमा म कैयौँ दिन नराम्रोसँग थकित भएकी छु । आमा बन्नुपर्दा चौबीसै घण्टा सन्तानबारे चनाखो भएर बस्नुपर्छ । यसले मानिसलाई शारीरिक, मानसिक र भावनात्मक रूपमा क्लान्त बनाउँदो रहेछ ।’

Leave A Comment