‘लोकदोहोरी अति मन पर्छ’

सोमबार, २७ भदौ २०७३, ११ : ५४ मनोज घर्तीमगर , Kathmandu
‘लोकदोहोरी अति मन पर्छ’

राजकाजी तमु, नेकपा माओवादी केन्द्र,कास्की संयोजक


मनोरञ्जन लिन के गर्नुहुन्छ ?
फिल्म हेर्छु । पुस्तक पढ्छु । गीत सुन्छु । सामाजिक सञ्जालमा समय बिताउँछु ।
 
पछिल्लो पटक हेरेको फिल्म ?
‘कबड्डी–कबड्डी’ ।

कस्ता फिल्म मन पर्छन् ?
सामाजिक अन्तरविरोध झल्किने खालका । विद्रोही किसिमका फिल्म मन पर्छन् ।

कुनै नेपाली फिल्म दोहो¥याएर हेर्नुभा’छ ?
‘बलिदान’ चारपटक हेरेको छु । माओवादी जनयुद्ध सुरु भएको बेला त्यस फिल्ममा नेपाली जीवन झल्किन्थ्यो ।

हिरो बन्ने सपना देखिएन ?

फिल्ममा भन्दा पनि राजनीतितिरै हिरो बन्न मन लाग्यो ।  त्यतातिर ध्यानै गएन ।

कहिलेबाट राजनीति सुरु गर्नुभो ?
२०४६ को आन्दोलनपछि राजनीतिमा लागियो । त्यतिबेला अखिल क्रान्तिकारीमा विद्यार्थी राजनीति गर्थें । २०५२ सालपछि त माओवादीमा पूर्णकालीन भइयो ।

गीत संगीत कत्तिको सुन्नुहुन्छ ?
प्रायः सुन्छु । लोकदोहोरी अति मन पर्छ । सामाजिक परिवर्तनलाई सम्बोधन गर्ने र क्रान्तिकारी किसिमका गीत बढी सुन्छु ।

मन पर्ने गायक/गायिका ?
विद्यार्थीकालमा जीवन शर्माका गीत सुन्थेँ । ध्रुव ज्ञवाली, अञ्जना गुरुङ, चुनु गुरुङका गीत पनि सुन्थेँ । देशभक्तिका गीतमा नारायण गोपाल, भक्तराज आचार्य, गोपाल योञ्जन रोजाइमा पर्थे । पछिल्लो समयका विष्णु माझी, रामजी खाँडले गाएका दोहोरी गीत मन पर्छन् ।

किताब कत्तिको पढ्नुहुन्छ ?
राजनीतिसम्बन्धी किताब धेरै पढ्छु ।

पछिल्लो पटक पढिएको किताब कुन हो ?
लेनिनका रचनाहरू पढ्दैछु ।

सामाजिक सञ्जाललाई कति समय दिनुहुन्छ ?
समय मिल्दा चलाउँछु । समाचारहरूमा अपडेट हुन्छु । साथीसँगीसँग भेटघाट हुन्छ ।

तपाईंको अन्तिम लक्ष्य के हो ?
अन्तिमसम्म राजनीति गरिरहने हो ।

 

 

Leave A Comment